काठमाडौँ । साजन अधिकारी योङ्ग कम्युनिष्ट लिग चितवनको संयोजकमा चयन भएका छन् । चितवनका युवाहरु बीच लोकप्रिय अधिकारी केन्द्रिय कार्यालयले जारी गरेको परिपत्र अनुसार उनी जिल्ला संयोजक चयन भएका हुन । उनी संगठनको केन्द्रिय सदस्य समेत रहेका छन् । यस्तै ईन्चार्ज चितवनकै अर्का युवा सन्तोष पनेरू चयन भएका छन् ।
२०६३ साल देखि बिद्यार्थी राजनीतिमा सक्रिय भई सोहि बर्षदेखि अखिल (क्रान्तिकारी), चितवन माध्यमिक बिद्यालय भरतपुरको ईकाई अध्यक्ष, २०६६ मा बिद्यार्थी संघठनको ईलाका अध्यक्ष, २०६८मा जिल्ला सहसचिव, क्षेत्रीय अध्यक्ष, २०७० मा जिल्ला सचिब र २०७२ मा जिल्ला संयोजकको कार्यकाल सफलतापुर्वक सम्पन्न गरि बिद्यार्थी सङ्गठनबाट युवा सङ्गठनमा प्रवेश गरेका अधिकारीले उक्त समयमा नै वाईसीएल चितवनको सम्मेलनबाट जिल्ला उपाध्यक्ष, २०७४ मा केन्द्रिय सदस्य, २०७६ पुनः केन्द्रिय सदस्य तथा भरतपुर महानगरको ईन्चार्ज त्यसैगरी २०७८ भदौको भेलाबाट केन्द्रिय सदस्य र आजैको परिपत्र अनुसार वाईसीएल चितवनको जिल्ला संयोजक भएका हुन् ।