प्रधानन्यायाधीशलाई जनताले चिनिसके त्यसैले नेपाल बारले बोल्दैन्, बोलेपछि छोड्दैन : मुक्ति प्रधान — OSNepal

प्रधानन्यायाधीशलाई जनताले चिनिसके त्यसैले नेपाल बारले बोल्दैन्, बोलेपछि छोड्दैन : मुक्ति प्रधान

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार राति एक कार्यक्रममा सहभागी भएका नेता प्रधानले नेपाल बार एशोसियसनले बोल्दैन् । बोलेपछि छोड्दैन भन्दै प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

\ मैले अहिलेसम्म कुनैपनि न्यायाधीशसँग गएर मुद्दा जिताईदिनुपर्यो भनेर भनेको छैन् । नभएको कुरा तपाईँले भन्नुभएन’ । कार्यक्रममा उनले अघि भने, ‘हामी त गलत व्यक्तिहरुको विरुद्धमा लड्ने मान्छे हौं । नेपाल बारले बोल्दैन् । बोलेपछि छोड्दैन । उहाँको हकमा अब कुनै फेश सेभिङ हुँदैन् ।’

जनताले पनि अब प्रधानन्यायाधीशलाई चिनिसकेको बताउँदै उनले अब जनतालाई आह्वान गरेर आन्दोलन गर्ने पनि कार्यक्रममा बताएका छन् । उनले भने,‘प्रधानन्यायाधीशलाई त जनताले चिनिसके, अब को को लाई चिनाउनुपर्ने हो, हामी चिनाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर