ओलीलाई लक्षित गर्दै गृहमन्त्री खाँणले भने-आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ — OSNepal

ओलीलाई लक्षित गर्दै गृहमन्त्री खाँणले भने-आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ

LC (KTM) November 02, 2021 0

काठमाडौँ १६ कात्तिक । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्हिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तर्क्रियाका क्रममा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् ।

उनले अहिलेको सरकार कसैले ढलाएर नढल्ने बताए ।“हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ । अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ,” उनले भने ।

वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर