त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्कियो — OSNepal

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्कियो

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । एफजेड–५७४ को फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको हो ।

जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थलले जनाएको छ । आज साझँ ७ बजेर १० मिनेट जाँदा विमानमा चरा ठोक्एिपछि उक्त विमानको ८ बजे दुवई जाने उडान स्थगित भएको छ ।

उक्त उडानमा दुवई जान लागेका १ सय ७९ जना यात्रुलाई होटल सोल्टी र स्पोर्टस् होटलमा राखिएको बताइएको छ । तथापी, मानविय क्षति भने भएकोम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर