काठमाडौं १६ कात्तिक । यस वर्ष देउसी भैलो राति ८ बजे सम्म खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मंगलबार एक सुचना जारी गर्दै कमवानपुर जिल्लामा राति ८ बजे सम्म मात्र देउसी भैलो खेल्न अनुमति दिएको हो ।
देउसी भैलो बाहेक अन्य मेला, महोत्सव र मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो सुचना जाी गरेको हो ।
जारी गरिएको सुचनामा नगरिकहरुको स्वास्थ्य एवं सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने पटाका, भुँईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।