मंगलबार आज हुने भनिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई भएन — OSNepal

मंगलबार आज हुने भनिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई भएन

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । आज मंगलबारलाई तोकिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग गर्दै सर्वोच्च अदालतको परिसरमा भइरहेको विरोधका कारण आज सुनुवाई हुन नसकेको हो ।

जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका थिए । तथापी, न्यायाधशिले सुनुवाई भने गरेनन् । यता, जवराले भने राजीनामा माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।

भोली सम्म राजीनामा नदिए नेपाल बार एशोसियसनले चर्को आन्दोलन समेत गर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर