भीरबाट ढुङ्गा खसेर लाग्दा पूर्णा सिंहको निधन — OSNepal

भीरबाट ढुङ्गा खसेर लाग्दा पूर्णा सिंहको निधन

LC (KTM) May 25, 2021 0

कास्की, ११ जेठ- अन्नपूर्ण गाउँपालिका(१० किन्से ५० वर्षीय पूर्ण सिंह परियारको भीरबाट ढुङ्गा खसेर लाग्दा सोमबार दिउँसो मृत्यु भएको छ । घान्द्रुकबाट किन्सेतर्फ जाँदै गरेको अवस्थामा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा पूर्णा सिंह गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा उनको मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस – काठमाडौंमा आजदेखि निषेधाज्ञा थप कडा उल्लंघन गर्नेलाई एक वर्ष जेल : काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत तथा व्यवस्थित रूपमा सञ्चालन गर्न कानुनी व्यवस्था जारी भइसकेकाले तत्काल कार्यान्वयन गर्ने निर्णय भएको जानकारी उनले जानकारी दिए । सो कानुन ९अध्यादेश०अनुसार कसैले कुनै काम गर्न बाधा अवरोध गरेमा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

अध्यादेश बमोजिमको मापदण्ड पालना नगरेमा छ महिना कैद, तीन लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ । त्यस्तै यो अध्यादेश बमोजिम दिएको आदेशको उल्लङ्घन भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई एक लाख र संस्थालाई पाँच लाख तत्कालै जरिवाना गराउन सक्नेछन् । कुनै व्यवसाय वा संस्थालाई उक्त सजायका अतिरिक्त छ महिनाका लागि बन्द गर्न आदेश दिन सक्नेछ । गोरखापत्र दैनिकमा खबर छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर