संविधान बमोजिम नियुक्त भएका प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौं : बारका पुर्व अध्यक्ष खड्का — OSNepal

संविधान बमोजिम नियुक्त भएका प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौं : बारका पुर्व अध्यक्ष खड्का

LC (KTM) November 02, 2021 0

काठमाडौं कात्तिक १६ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सम्मानपुर्वक बिदाई भएको हेर्न चाहेको बताएका छन् ।

आज मंगलबार एक कार्यक्रममा सहभागी भएका उनले आजसम्म राजीनामा नगरे बारको आन्दोलन ‘पिसफुल’बाट फोर्सफुलमा बदलिने भन्दै यस्तो बताएका हुन् ।

‘हामीले पनि प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौं । फूलमालासहित सम्मानपूर्वक बिदाइ होस् भन्ने चाहन्छौं । तर त्यसो गर्न मान्नुभएन भने केको माला लगाउने हो, उहाँकै हातमा छ । पहिले राजीनामा दिँदै दिन्न भन्नुभएको थियो, अब तत्काल दिन्नँ भन्नुभएको छ । राजीनामा गर्नुभएन भने हामी उहाँलाई अदालतमा प्रवेश गर्न रोक्छौं । पिसफुल आन्दोलनले भएन भने फोर्सफूल कार्यक्रम ल्याउँछौं ‘कार्यक्रममा उनले भनेका छन् ।

संविधान बमोजिम राणाको नियुक्त भएपनि उनले विकृति, विसंगति, भ्रष्टाचारलाई बढावा दिएको बताएका पुर्व अध्यक्ष खड्काले भने , ‘उहाँलाई विकृति, विसंगति, भ्रष्टाचारलाई बढावा दिनूस्, बेन्चमा विभाजन ल्याउनूस्, सेटिङमा काम गर्नुस् भनेर नियुक्ति दिएको पनि त होइन नि ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीको शैली रोजेका राणाले ओलीको निर्देशनमा काम गर्नुभएको रहेछ भन्ने प्रस्ट समेत भएको बताएका छन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायालय बच्छ, अदालत सुचारु हुन्छ । ‘संविधान बमोजिम काम नगरेपछि निकाल्नु परेन ?’ उनले अघि भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर