तिहार मनाउन उपत्यका बाहिर जाने यात्रुहरुलाई उपत्यकाको यी स्थानहरुमा कोरोनाविरुद्धको खोप लगाउन सुरु — OSNepal

तिहार मनाउन उपत्यका बाहिर जाने यात्रुहरुलाई उपत्यकाको यी स्थानहरुमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहार मनाउन उपत्यका बाहिर जाने यात्रुहरुलाई उपत्यकाको विभिन्न चार स्थनामा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

मन्त्रालयले आज मंगलबारबाट गोंगबुस्थित नयाँबसपार्क,कलंकी चोक,बल्खु चोक र कोटेश्वर चोकमा यात्रुहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको हो । बिहान ७: ३० बजेबाट सुरु भएको खोप कार्यक्रम अपराह्र चार बजे सम्म सञ्चालनमा आउने भएको छ ।

उक्त खोप कार्यक्रम आज र भोली गरी दुई सञ्चालनमा आउने भएको छ । खोप लगाउनको लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर