हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं तर यो सरकार आफै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ — OSNepal

हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं तर यो सरकार आफै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ

LC (KTM) November 01, 2021 0

काठमाडौं, १५ कात्तिक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन् । आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो ।

‘यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,’ उनले भने ।

यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने उनको भनाइ छ । ‘हामी सरकार ढाल्नतिर लाग्दैनौं । हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं । तर यो सरकार आफै खुइलिँदै जान्छ । यता मिलाएको छ, उता मिलाएको छ । समय बर्बाद गरेको छ,’ उनले भने ।

ओलीले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गरे । ‘चुनावबाट कहिलेसम्म भाग्लान ? दुईपटक भागे । अब आफै चुनाव गराउनुपर्छ । स्थानीय चुनावमा यिनीहरुलाई घोडाले पछारेझै पर्छानुपर्छ,’ उनले भने, ‘यस (भरतपुर) महानगरमा अरुले उम्मेदवार हाल्ने मन लाग्ने हाल्छ । तर जित्ने एमाले हो । नेकपा एमाले कुटाकुट गर्ने बार हो र ? लोकतान्त्रिक पार्टी हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर