प्रचण्डको आरोप : म प्रधानमन्त्री हुने निश्चित भएको दिननै सेटिङ गरेर नेकपा विभाजन गराइयो — OSNepal

प्रचण्डको आरोप : म प्रधानमन्त्री हुने निश्चित भएको दिननै सेटिङ गरेर नेकपा विभाजन गराइयो

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री हुने निश्चित भएपछि नेकपा विभाजन गराइएको आरोप लगाएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘पार्टी भित्र केपी शर्मा ओली कमजोर भएर जाँदा आफू प्रधानमन्त्री हुने निश्चित भएको दिन अदालतमार्फत् नेकपा विभाजन गराइयो’ प्रचण्डले कार्यक्रममा भने ।

पार्टी एकताको विषय गलत नभएको दावी गरेका प्रचण्डले ओली अवसरवादी भएकाले सेटिङ गरी विभाजन गराइएको बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टी एकीकरणको सपना गलत थिएन, सही थियो । देशभरका जनताले पनि मूल्याङ्कन गरेकै थिए । तर ओली अवसरवादी भए । उनी नसुध्रिएपछि हामीले कारबाही गरेका हौँ । हामी उतिबेला माइतीघरमा धर्ना बस्दा ओली समूहले बिचरा भनेका थिए । तर पछि विशाल हुरीमा परिणत भयो र सेटिङ भत्कियो । पार्टी विभाजन भएको होइन, गराइएको थियो ।’

कार्यक्रममा प्रचण्डले ओली पुर्व राजा ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र, संघीयता उल्ट्याउने वचन दिएको समेत खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर