सर्वोच्च अदालतमा आजबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरू सुनुवाई हुने — OSNepal

सर्वोच्च अदालतमा आजबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरू सुनुवाई हुने

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले आजबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ सुरु गर्ने भएका छन् ।

आज सोमबार प्रधानन्यायाधिशले ६ वटा इजलास गठन गरेका छन् । दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भएपनि प्रधानन्यायाधिशले भने इजलास सञ्चालित भएको देखाउन धेरै संख्यामा इजलास गठन गरेका हुन् ।

१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको बताइएको छ । प्रधानन्यायाधीश आफैले भने एक इजलास गठन गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर