विजय थापा । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका- (बाना)ले आयोजना गरेको दशैं-तिहार कार्यक्रम गत शनिबार अक्टोबर ३० का दिन अत्यन्तै रमाइलोको साथै मनोरन्जनात्मक रुपमा सम्पन्न भएको छ ।हरेक बर्ष आयोजना गर्दै आएको दशैँ तिहार कार्यक्रम यस पटक भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर र पूर्व नेपाल सुन्दरी शृंखला खतिवडाको उपस्थितिले सुनमा सुगन्ध थपिएको थियो ।
बिगत बर्षहरुमा निशुल्क गरिदै आएको दशैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रम यस पटक गजमेर र खतिवडाको संलग्नताको कारण कार्यक्रमको लागि शुल्क राखिएको थियो ।
समयभन्दा केही समय बिलम्ब सुरु भएता पनि कार्यक्रममा दर्शकले भरपुर मनोरंजन गरेका थिए । त्यहाँ बिशेष गरि लोक गीत र किरण गजमेरको प्रस्तुतिमा दर्शक मंच नजिक गै गीत संगै झुमेका थिए । कार्यक्रमका मुख्य आकर्षक कलाकार किरण ढकालले मंचमा चढ्ने बित्तिकै दर्शकलाई नचाउन सुरु गरेका थिए ।
उनले सुरुमै आफू भ्वाइस अफ नेपाल ३ को बिजता बन्न दर्शकहरुले दिएको अगाध मायाको कारण आफू बिजेता भएकोमा सबै यहाँहरुको सहयोग र समर्थनबाट सम्भव भएको हो ,उनले भने । उनले आफ्ना गीत र अन्य कलाकारहरुको गीत प्रस्तुति गर्दा सबै दर्शकहरु नाचेका थिए ।
यसै गरि पूर्व नेपाल सुन्दरीले बाल्टिमोरको विमानस्थलबाटै श्रृंखला खतिवडाले सबैलाई चूलो निम्तो दिएकी थिइन् । र आफू पनि भैलो खेल्ने बताएकी थिइन् । खतिवडाले सबैलाई मंचबाटै दिपावलीको शुभकामना दिदै सबैसंग भेट हुँदा खुसी लागेको बताइन ।
बाना दशैं-तिहार कार्यक्रमका प्रमुख अतिथि महाबाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत रहेका थिए । उनले मन्तब्य नराखी जुन देशमा गए पनि भन्ने गीत गाएर कलाकारहरुलाई हौशला प्रदान गरेका थिए । उनले दियो बालेर उद्घाटन भन्दा गीतबाटै सन्देश दिन चाहेको भने पछि दर्शक सबैले कर्तलध्वनिबाट सम्मान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष सुबोध विलास पन्तले सबैलाई स्वागत गरेका थिए भने सहयोग गर्ने प्रायोजक,संचार माध्यम,कलाकार ,स्वयम् सेवक तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई धन्यवाद दिएका थिए ।
नायक दिलिप रायमाझी तथा अन्य कलाकारहरुको प्रस्तुति बेजोड रहेको थियो । लोक गायक नाराराण माझी, लोक दोहोरी गायिका श्रृजना बिरही थापा, राजन ठकुरीले आफ्ना चर्चित लोक गीत प्रस्तुत गरेका थिए भने दर्शकलाई नचाएका थिए । उनीहरुले बेजोड प्रस्तुति गरे पछि दर्शकहरुले डलर पैसा जमरा राखे झैँ टोपी भित्र राखेका थिए।
हाँस्य कलाकार शिवहरी पौडेलले समसामयिक हास्यव्यग्य नेपाल देखि अमेरिका सम्मको यात्रामा अनुभूति गरेका र भोगेका कुरा दर्शक समक्ष पस्केका थिए ।
त्यसै गरि सपना गुरूङ, सम्झना गुरूङ, अपेक्षा सिह, रूवी पौडेल, सानी नानी कृपा ढकालको प्रस्तुती बेजोडको रहेको थियो । कार्यक्रममा दिपावलीका गीतहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजदुताबासका प्रतिनिधिहरुले समेत दियोमा बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा एनआरएन अमेरिकाका लागि क्षेत्रिय संयोजक राजन त्रिपाठीले ५ हजार डलर बानालाई दिदै ट्रस्टी मेम्बर (गुठि सदस्य ) बन्ने घोषणा गरेका थिए ।कार्यकम बाल्टिमोर शहरको मध्य भाग स्थित प्रेस्टन हल (सभा कक्ष )कार्यक्रम भएको थियो भने महा सचिव किरण ढकालले कार्यक्रम संचालन गरेका थिए ।