संसद विघटन पछि चौतर्फी ओली सरकारको विरोध भएपछि सभामुख सापकोटाले बोलाए पुर्व सभामुखहरुलाई — OSNepal

संसद विघटन पछि चौतर्फी ओली सरकारको विरोध भएपछि सभामुख सापकोटाले बोलाए पुर्व सभामुखहरुलाई

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले पुर्व साभामुखहरुसँग संसद विघटन पछि नेपाली राजनितिमा देखा परेको अवस्थाको विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित कार्यालयमा पूर्वसभामुखहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको सापकोटाको प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जनाएका छन् ।

सभामुखको सचिवालयका अनुसार छलफलका लागि २०४८ सालपछिका सभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्ती र कृष्णबहादुर महरालाई बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने सिफारिसलाईअनुमोदन गरी चुनावको मिति तय गरेपछि गएको शुक्रबार देखि नेपाली राजनितिमा उथलपुथल भएको छ ।

हिजो मात्र विपक्षीदलहरुको  १४६ सांसदहरु हस्ताक्षरसहित संसद विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर