प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न सर्वोच्च अदालतका तिन न्यायाधिशलाई जिम्मा — OSNepal

प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न सर्वोच्च अदालतका तिन न्यायाधिशलाई जिम्मा

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले ३ न्यायाधीशलाई जिम्मा दिएका छन् ।

न्यायालयको गरिमालाई उच्च राख्न नसेकेको भन्दै नेपाल बार एसोशियसनले समेत प्रधानन्यायाधीशलाई राजीनामाको लागि पाँच दिनको समय दिएको छ ।

जबरासँग वार्ता गर्नको लागि आइतबार अपरान्ह्र तिन बजे न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका छन् ।

जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मा तिन न्यायाधीशलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर