फागुन १४ गते स्ववियु चुनाव सम्पन्न एमाले निकट अनेरास्ववियूले स्ववियूको माग — OSNepal

फागुन १४ गते स्ववियु चुनाव सम्पन्न एमाले निकट अनेरास्ववियूले स्ववियूको माग

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । नेकपा एमाले निकट अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक माग गरेको छ ।

आइतबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुँझाउदै ध्यानाकर्षण गराएको हो ।

उक्त ज्ञापन पत्रमा पिछडिएका क्षेत्र, द्धन्द्धपीडित, उत्पीडित, महिला र विपन्न समूदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।

आउँदो फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन समेत त्रिविको ध्यानाकर्षण गराएको छ ।

साथै कोरोनोको समयमा विद्यार्थीबाट लिइएको शुल्क समेत फिर्ता गनए माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर