तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए निगमका अधिकारीलाई कालोमोसो दल्ने विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चेतावनी — OSNepal

तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए निगमका अधिकारीलाई कालोमोसो दल्ने विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चेतावनी

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । तत्काल मुल्य वृद्धिको खारेजको माग गर्दै टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि आइतबार विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएका अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

यदि फिर्ता नलिए निगमका अधिकारीलाई कालोमोसो दल्न समेत आफुहरु पछि नपर्ने चेतावनी दिएका छन् । नेपाल सरकार नेपाली जनताका लागि जवाफदेही भएन, सरकारले लुटतन्त्र मच्चायो भन्दै मूल्य वृद्धिको निर्णय फिर्ता लिन अपील समेत गरेका छन् ।

निगमले शुक्रबार माध्यरातिबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर