सर्वोच्च अदालतका न्यायाधिशहरु आजबाट इजलास फर्किदै — OSNepal

सर्वोच्च अदालतका न्यायाधिशहरु आजबाट इजलास फर्किदै

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधिशहरु आज पनि छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै उनीहरुले केहि दिन यता राजीनामा माग गर्दै आएका हुन् ।

१२ गते बसेको न्यायाधीशहरुको बैठकमा बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्नुपर्नेबारे छलफल गरेका थिए । जसअनुरुप आज सुरुमै बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने तयारी भएको बताइएको छ । सर्वोच्च न्यायाधिहरुलाई इजलासमा फर्काउा माग गर्दै तिन वटा रिट परिसकेको छ ।

उक्त रिटको सुनुवाई हुनुभन्दा अगाडी भनै न्यायाधिशहरु इजलास जाने भएका हुन् । आजबाट तिन दिन सम्म एक घण्टा विरोध प्रदर्शन भने जारी हुने भएको छ ।

आज पनि प्रधानन्यायाधिशको राजीमाको विषयमा पक्षमा र विपक्षमा सर्वोच्च परिसरमा विरोध प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर