काठमाडौं । सरकारले बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिदका लागि पहल थालेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज र बेलायतको अक्सफोर्डरएस्ट्राजेनेका बायोटेक्नोलोजीसँग ५० लाख डोज खोप खरिदका लागि स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पत्राचार गरिएको छ ।कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्नुपर्ने बाँकी १५ लाख ७२ हजार डोज खोप उपलब्ध गराइदिन पनि सरकारले कोभ्याक्सका ठूला दाता मुलुकहरू अमेरिका, बेलायत, जर्मनीलगायतलाई आग्रह गरेको छ । ‘खोप खरिदका लागि पत्राचार भएको छ । परराष्ट्र मन्त्रालयले आफ्नो सबै सामथ्र्य अहिले खोपका लागि परिचालन गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार अमेरिकी विदेश मन्त्रालयका उपमन्त्री वेन्डी सेर्मनसँग गरेको टेलिफोन संवादमा पनि कोभ्याक्स सुविधाको खोप तथा जोन्सन एन्ड जोन्सनबाट खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । ‘स्वास्थ्य मन्त्रालयले बेलायत र अमेरिकाका दुई खोप उत्पादक कम्पनीलाई नेपाल सरकारका तर्फबाट केही दिनअघि चिठी पठाइएको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले सहजीकरण गरिदिन अमेरिका र बेलायतको कूटनीतिक च्यानलमा नोट पनि पठाएका छौँ । हाम्रा राजदूतहरूलाई पनि यसमा तदारुकताका साथ लाग्न निर्देशन दिएका छौँ ।’
स्वास्थ्य मन्त्रालयले भारतको सेरम इन्स्टिच्युटसहित पाँच कम्पनीलाई खोप उपलब्ध गराइदिन पत्राचार गरेको थियो । तीमध्ये अमेरिकाको जोन्सन एन्ड जोन्सनबाट सकारात्मक जवाफ आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘हामीले सेरमबाहेक थप चार कम्पनीलाई खोपका लागि पत्राचार गरेका थियौँ,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। पोखरेलले भने, ‘जोन्सन एन्ड जोन्सनले सकारात्मक जवाफ पठाएको छ ।’ यो खोप एक डोज मात्र लगाए पुग्छ ।सेरमले सन् २०२१ सम्म ९आगामी मध्यपुससम्म० कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि सरकारले बेलायत र अमेरिका खोप खरिदको पहल गरेको हो । भारतबाट खरिद गरिएको १० लाख डोज खोप आउन बाँकी छ ।नयाँ पत्रिकामा खबर छ ।