चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा सुलोचनाको ज्यान गयो — OSNepal

चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा सुलोचनाको ज्यान गयो

LC (KTM) October 30, 2021 0

चितवन – भरतपुर चनौली सडकखण्डमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ४६ वर्षीया सुलोचना ढकाल रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा आज दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर