प्रधान्यायाधीश चोलेन्द्रलाई इजलासमा 'नो इन्ट्री’ — OSNepal

प्रधान्यायाधीश चोलेन्द्रलाई इजलासमा ‘नो इन्ट्री’

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बारको बैठकले राणालाई राजीनामा दिन पाँच दिनको अल्टिमेट दिई चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । बारको आन्दोलनको अवधिभर राणालाई इजलासमा प्रवेश नगर्न माग गरेको छ ।

बारको आजको बैठकले राणालाई कुनै पनि इजलासमा नबस्न र अदालतको विषयमा कुनै पनि निणर्य गर्न माग गर्ने निणर्य समेत गरेको छ । पाँच दिनको अवधिभर पनि राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बारको बैठकले निर्णय गरेको छ ।

आइतबारबाट बुधबारसम्म दैनिक एक घण्टा कालो पट्टी बाधेर विरोध जनाउने भएका छन् । न्यायालयको मर्यादा कायम राख्न नसकेको भन्दै राणाको राजीनामा माग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर