राजीनामा दिन प्रधानन्यायाधिश चोलेन्द्रलाई नेपाल बारको पाँच दिनको अल्मिेटम — OSNepal

राजीनामा दिन प्रधानन्यायाधिश चोलेन्द्रलाई नेपाल बारको पाँच दिनको अल्मिेटम

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । राजीनामा दिन प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरालाई नेपाल बार एशोसिएसनले पाँच दिनको अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बारको बैठकले राजीनामा दिन अल्मिेटम दिएसँगै देशभर आन्दोलन गर्ने समेत चेतावनी दिएको हो ।

आन्दोनको समयअवधि भर पनि राजीनामा नदिए थप विरोधका कार्यक्रम गर्ने समेत जनाइएको छ । न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले भन्दै जवराको राजीनामा मागिएको हो ।

बैठकमा आइतबार देखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त विरोध कार्यक्रममा सहभागीता जनाउन सम्पुर्ण कानुन व्यवसायीहरुलाई आग्रह समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर