शाहरुख खानका छोरा आर्यन खानलाई ड्रग्स केसमा जमानत मिलेको छ । मुम्बई हाइकोर्टको जर्ज साम्ब्रेले २८ अक्टोबर जमानतको याचिका माथि सुनवाई पछि फैसला सुनाएको हो । शाहरुख खान तथा उनकी पत्नी गौरी खान छोराका लागि एकदमै चिन्तित रहेका थिए । तर अहिले आर्यनको रिहाई भएसंगै राहतको सास फेरेका छन् । दुबै कपल एकदमै खुशी तथा भाबुक भएका छन् ।
साथै बलिउडका साथी तथा उनका नजिकका साथीहरुले बधाई दिएका छन् । आर्यन खानको जमानत मिलेको खबर आए संगै शाहरुख खानको तस्बीर भाइरल भएको छ । उक्त तस्बीरमा शाहरुख खान आफ्नो लिगल टीम तथा मेनेजर पुजा डडलानी एकै साथ हाँस्दै गरेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा कैयौ सेलिब्रेटीहरुले शाहरुख तथा आर्यन खानलाई बधाई दिई रहेका छन् । यसैबीच बधाई दिनेहरुमा सलमान खान, सुनील शेट्टी तथा अक्षय कुमार पनि रहेका छन् ।
सलमान खानले त तीन पटक सम्म शाहरुख खान तथा उनका परिवारको हाल बुझ्न घरै पुगेका थिए । त्यस्तै अक्षय कुमार र सुनिल शेट्टीले पनि लगातार फोनमा आर्यन तथा परिवारको हाल खबर बुझिरहेका छन् । जब आर्यनलाई जमानत दिने अदालतले फैसला गर्यो त्यसपछि शाहरुख खानलाई बधाई दिने कलहरु आईरहेका छन् । गौरी खान आफ्नो साथी महीप कपुर तथा सीमा खान संग फोनमा बोल्दा एकदमै रोएकी थिईन् ।