नेपाल बार एशोसिएसन परिसरमा दुई कानुन व्यावसायी बिच कुटाकुट — OSNepal

नेपाल बार एशोसिएसन परिसरमा दुई कानुन व्यावसायी बिच कुटाकुट

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । दूई जना कानुन व्यावसायीबिच कुटाकुट भएको छ । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराको राजीनामा माग विषयमा विवाद हुँदा नेपाल बार एशोसिएसन परिसरमा दुई कानुन व्यावसायी बिच कुटाकुट भएको हो ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । अधिवक्ता चुडालले सबै वकिल धनी छैनन् इजलास बन्द गर्दा गाह्रो हुने भन्दै प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्ने प्रश्न गर्दा अर्को अधिवक्ता न्यौपाने आएर दुर्व्यवहार गरेको बताइएको छ ।

यसैबिच दुई बिच कुटाकुट समेत भएको जनाइएको छ । चुडालले भने आफु कानूनी बाटोबाट न्याय खोज्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर