एजेन्सी । बलिउड चर्चित नायक गोबिन्दा आहुजा कुनै समय यति ब्यस्त थिए की उनलाई भेट्नका लागी लामो समय कुर्नु पथ्र्यो । गोबिन्दाले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरे ।
जुन दोस्रो थियो । तर उनले आफ्नै श्रीमती सुनितासँग नै हो दोस्रो विबाह गरेको । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको हालैको एक टेलिभिजन कार्यक्रममा रहस्य खोले ।
कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ ।
कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् । फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेका थिए ।