भारतबाट नेपाल आउँदै गर्दा उमेशले स्कुटको डिकिमा ल्याए यतिका धेरै नगद पैसा — OSNepal

भारतबाट नेपाल आउँदै गर्दा उमेशले स्कुटको डिकिमा ल्याए यतिका धेरै नगद पैसा

LC (KTM) October 29, 2021 0

मोरङ १२ कात्तिक । स्रोत नखुलेको ८ लाख २० हजार नगद रुपैंयासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका(३ बस्ने ३४ वर्षीय उमेश साह रहेका छन् ।

निजलाई बिराटनगर महानगरपालिका-१८ भेडियारीबाट उक्त रकम सहित अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बरामत गरेको हो । निज भारतबाट नेपाल आउँदै गर्दा को.२९ प ८६४० नम्बरको स्कुटरलाई डिकि प्रहरीले चेक जाँच गरेको हो ।

उनलाई अहिले थप अनुशन्धानको लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर