२८ अक्टोबर अर्थात हिजो शाहरुख खानको घरमा केही दिनको तनाव पछि खुशीको माहौल आएको छ । आखिर आर्यन खान २५ दिन पछि जेल बाट बाहिर निस्कने फैसला आएको छ । तर अदालतले जमानत दिने फैसला सुनाए पनि उक्त फैसलाको डिटेल कपी जेलका अधिकारीहरु लाई प्राप्त भैनसकेकोले आर्यनलाई जेल बाट बाहिर आउने छैनन् । फेरी आर्यन अहिले बसिरहेको आर्थर रोड जेल बाट घर पुग्न सम्म माइल दुरी पार गर्नुपर्नेछ ।
न्याधिश नितिन साम्ब्रेले जमानतको डिटेल्स कपी पठाउनु पर्नेछ जसमा ३ आरोपीलाई बेल दिन केही शर्तहरु पुरा गर्नुपर्ने हुन्छ । न्याधिश नितिनको शेड्युल एकदमै ब्यस्त रहने गरेका छन् । उनी संग हरेक दिन ७० वटा बेलका केस , अग्रीम जमानत संग जोडिएको मामला आउने गरेका छन् । आज मात्रै साम्ब्रे संग ४० वटा केसहरु रहेका छन् । उनी अहिले काममा एकदमै ब्यस्त रहेका छन् ।
अर्डर मिलेपछि एनडीपीएस अधिनियमका अनुसार बिशेष अदालतमा पठाउनु पर्ने हुन्छ । त्यसपछि जेल अधिकारीहरुलाई एनडीपीएस अदालतले रिहाईको आदेश जारी गर्नुपर्ने हुन्छ । जेलको बाहिर लागेको बक्समा शतीश मानशिंदेको टीम आर्यनको रिहाईको आदेश तथा बन्ड पेपर्स ड्रप गर्नुपर्छ । यो सबै काम साढे ५ बजे तिर सकि सक्नु पर्ने हुन्छ । जेल बाट आज बेलुका ७ बजे तिर आर्यन लाई बाहिर निस्कने अनुमान गरिएको छ ।