रसुवा, १२ कात्तिक -रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ । १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो ।गत २९ असोजदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार रसुवामा हालसम्म चार हजार सात सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार तीन सय २७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार तीन सय २३ जना संक्रमणमुक्त भएका छन् भने चार जना अहिले होम आइसोलेसनमा छन् ।
कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक छ । जिल्लामा आइसियु, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणको सुबिधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।