धनुषामा तीन दिनको फरकमा पति पत्निको अस्पतालमा उपचारका क्रममा निधन, एउटै चितामा गरियो दाहसंस्कार — OSNepal

धनुषामा तीन दिनको फरकमा पति पत्निको अस्पतालमा उपचारका क्रममा निधन, एउटै चितामा गरियो दाहसंस्कार

LC (KTM) May 24, 2021 0

काठमाडौँ । धनुषामा एकै पटक बिरामी भई सँगै अस्पताल भर्ना भएका एक दम्पतीको तीन दिनको अन्तरालमा निधन भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ स्थायी घर भई वडा नम्बर ५, महेन्द्रनगरमा बस्दै आएका ५५ वर्षीय श्यामकिशोर सिंह र उनकी पत्नी ४८ वर्षीया मालती देवी सिंहको जनकपुरधामस्थित काव्या अस्पतालमा शनिबार र आइतबार गरेर ३ दिनको फरकमा मृत्यु भएको हो ।

उनीहरुका जेठा छोरा अमेरिकामा छन् भने एक छोरी र कान्छा छोरा साथमा नै थिए । बाबुको मृत्युको ३ दिनपछि आमाको पनि मृत्यु भएको भन्दै कान्छा छोराले आँफु टुहुरो भएको बताएका छन् । यि दम्पत्तिले सोमबारकै दिन आफ्नी छोरीको विवाहको तयारी गर्दै थिए । तर छोरीको विबाहका दिनसम्म न त बाबु रहे न आमा नै ।

अघिल्लो साता बिरामी परेका दुवैलाई औषधिले सन्चो नभएपछि आकस्मिक रुपमा अस्पताल भर्ना गरियो । उपचारकै क्रममा तीन दिनको फरकमा सिंह दम्पतीको मृत्यु भयो । मृतक श्यामकिशोर जनता आधारभूत औरहका पूर्व प्रधानाध्यापक थिए । मृत्युपछि भने उनीहरुमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । स्रोतका अनुसार उनीहरुको एकै चितामा दाह संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर