कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन — OSNepal

कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन

LC (KTM) May 24, 2021 0

ओखलढुंगा, १० जेठ- कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उहाँका भतिजा सुमनले बताउनुभयो । कोरोना संक्रमण हुनुअघि उहाँमा कुनै रोगको समस्या थिएन । दाहालका २ छोरा छन् ।

होम आइसोलेशन कल सेन्टर सञ्चालनमा: जिल्ला प्रहरी कार्यालयले होम आइसोलेशनमा रहेका कोभिड –१९ सङ्क्रमितलाई लक्षित कल सेन्टर सञ्चालनमा ल्याएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको समन्वयमा सङ्क्रमितलाई आवश्यक परामर्श तथा समन्वय गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कल सेन्टरबाट आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक पर्ने जानकारी दिइने छ ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर