धन्य सफल भयो कोरोना सङ्क्रमित गर्भवतीको शल्यक्रिया — OSNepal

धन्य सफल भयो कोरोना सङ्क्रमित गर्भवतीको शल्यक्रिया

LC (KTM) May 24, 2021 0

दैलेख- जिल्ला अस्पताल दैलेखमा कोरोना सङ्क्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उहाँको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लु नगरपालिका–९ की ती महिलाको डा जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा थापाले जानकारी दिनुभयो । ती महिलालाई उहाँलाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो । सुत्केरी गराउने क्रममा उहाँ पहिलेदेखि बिरामी भएको जानकारी पाएपछि जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डा थापाले जानकारी बतउनुभयो । समयमा ती महिलालाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने थियो ।

सो अस्पतालमा गत तिन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा पुन सञ्चालनमा आएको छ । उहाँलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने र पूर्ण स्वस्थ भएपछि घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रशूतिसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला अस्पतालमा गत तिन महिनासम्म उक्त सेवा बन्द हुँदा गर्भवतीहरु उपचार र शल्यक्रियाका लागि सुर्खेतस्थित अस्पतालमा धाउने गरेका थिए ।

पासको दुरुपयोग गरी मदिरा ओसारपसार :- कोरोना रोकथामका लागि निषेधाज्ञा जारी भएका समयमा अत्यावश्यक खाद्यान्न ढुवानीका लागि अनुमति पास बनाएर मदिरा ओसारपसारमा पासको दुरुपयोग गर्ने गरेको पाइएको छ ।प्रशासनले निषेधाज्ञाको समयमा जिल्लामा खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले अत्यावश्यक बस्तु तथा खाद्यान्न ढुवानीका लागि प्रदान गर्ने गरेको पास लिएर मदिरा ओसारपसारमा दुरुपयोग गर्ने गरेको पाइएको हो ।मदिरा लुकाइछिपाइ ट्रकमा लैजादै गर्दा प्रहरीले जाँचका क्रममा दुरुपयोग भएको अवस्थामा फेला पारेको छ ।

खाद्यान्न ल्याएर आएका सवारीसाधनहरुमा रानिमत्ता र तल्लो डुङेश्वरमा चेकजाँचकै क्रममा मदिरा बरामत गरेको प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भे १ क ३६४ नम्बरको ट्रकमा लुकाइ छिपाइ ल्याएको १सय ५० कार्टुन लिची ३० कार्टुन बियर ल्याएको अवस्थामा फेलापारी जफत गरिएको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो । प्रशासनको पास दुरुपयोग भए कानूनबमोजिम कारबाही गरिने र अब पास दिँदा पनि निकै विचार विमर्श गरेर दिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर