काठमाडौं १० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ४९० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको संक्रमणबाट ज्यान गएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकामा २०२ जना रहेका छन् ।
त्यसमा पनि काठमाडौंको मात्र १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुिष्ट भएको हो ।