काठमाडौं १० कात्तिक । दुई लाख ५० हजार मुल्य बराबरको पटाका सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीस्थित किराना पसलका सञ्चालक सर्लाही चक्रघट्ट गाउँपालिका-५ घर भएका ४० वर्षीय मनोज कुमार चौधरी रहेका छन् ।
चोधरीको पसलबाट खोर्सानी, रकेट, झिरझिरे लगायतका पटाका बरामत गरिएको छ । विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको पसल खनतलासी गर्दा उक्त परिमाणको पटाका बरामत भएको हो।
निज उपर प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।