काठमाडौं, १० कात्तिक – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार दुई खेल हुँदै छन्। बुधबार विश्वकप अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
आबुधाबीमा हुने खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ । समूह-१ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ ।
बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आबुधाबीमा हुने खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
स्कटल्याण्ड बुधबार पहिलो जितमा खोजीमा हुनेछ । नामिबिया सुपर १२ मा सुखद् सुरुवात गर्न चाहन्छ ।