लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको सामाजिक सक्रियता — OSNepal

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको सामाजिक सक्रियता

LC (KTM) October 27, 2021 0

काठमाडौँ-संयुक्त राष्ट्रसङ्घ ७६औँ स्थापना दिवसका अवसरमा लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकले विभिन्न जनहित कार्य गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानमा तैनाथ बर्दबहादुर गण (शा.से.) ६२औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पु¥याएको हो । नेपाली सैनिकको चिकित्सक टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकास्थित सरकारी विद्यालयमा दाँत र मुखको हेरचाहसम्बन्धी सचेतना कक्षा सञ्चालनका साथै झण्डै २०० विद्यार्थीलाई शैक्षिक सामग्री र डेण्टल हाइजिन कीट प्रदान गरेको छ ।

‘हरियाली लेवनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा तथा साक्रा र माज्दल स्लिम नगरपालिकामा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर सडकमा रङरोगनसहितको करिडोर निर्माण गरेको सेनाले जनाएको छ ।नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो कार्य जिम्मेवारीको अतिरिक्त नागरिकलाई पु¥याएको मानवीय सहयोगले समुदाय र शान्ति सैनिकबीच विश्वास एवं सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुगेको बताइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर