नयाँ वकीलले केस सम्हाले पछि आर्यन खानको जमानतका बिषयमा भोली फेरी सुनवाई हुदै , आजको रात आर्यनले जेलमै बिताउने — OSNepal

नयाँ वकीलले केस सम्हाले पछि आर्यन खानको जमानतका बिषयमा भोली फेरी सुनवाई हुदै , आजको रात आर्यनले जेलमै बिताउने

LC (KTM) October 26, 2021 0

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानको जमानतको बिषयमा मुम्बई हाईकोर्टमा मंगलबार फेरि सुनवाई भएको छ । पुर्व एटार्नी जनरल अफ इण्डिया मुकुल रोहतगीले आर्यन खानको केस आज बाट सम्हालेका छन् । यस केसमा भोली पनि सुनवाई हुने भएको छ । कोर्टमा एनसीबी तथा आर्यन खानका वकीलले आ आफ्नो दलील पेस गरेका थिए ।

एनसीबीले आर्यनलाई जमानत दिने बिषयमा पुरै बिरोध गरेको थियो । तर नयाँ वकील मुकुलले आर्यन खानको गिरफ्तारका सम्बन्धमा नै प्रश्न उठाएका थिए । आर्यन खानलाई जमानत दिने बिषयमा आज भएको सुनवाई सकिएको छ भने भोली फेरी सुनवाई हुने भएको छ । भोली ठिक पौने ३ बजे मुम्बईको हाइकोर्टमा आर्यन खानको जमानतका बिषयमा सुनवाई हुने भएको हो । आशा छ कि भोली आर्यनको जमानतको बिषयमा कोर्टले महत्वपुर्ण फैसला सुनाउने छ ।

यस केसमा जोडिएका २ जनाले भने जमानत पाएका छन् । यस केसमा जोडिएका उडीसाका आरोपी अबिन साहू तथा मनीष राजगढिया दुबैले जमानत पाएका हुन् । आर्यनका वकील मुकुलले अहिले सम्म २३ दिन भइसक्दा पनि यस केसमा कुनै बरामदगी नभएको भन्दै आर्यन खान माथि दोषीलाई जस्तो ब्यवहार गर्न नहुने जिकिर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर