उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले शानदार जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज सिमकोट गाउँपालिकालाई शुन्यका बिरुद्ध ११ गोल गर्दै रोङले पहिलो जित हात पारेको हो । रोङको लागि इन्दिरा राईले ह्याट्रिक संगै ५ गोल गरिन् । अनिता राईले ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै विमला बिक, दिपा राई र अनिशा राईले एक एक गोलको योगदान दिए । पहिलो खेलमा रोङले काठमाडौं महानगरपालिकासँग गोलरहित बराबरी खेलेर आफ्नो शक्ति देखाईसकेको थियो । ३१ टोलीले प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख पाउने छन् ।