बलिउड फिल्म थ्री ईडियटका एक ईडियट आर माधवनको छाति यतिबेला गर्वले चौडा भएको छ । माधवनका १६ बर्षका छोरा बेदान्तले हालै बेंगलुरुमा आयोजित जुनियर नेशनल एक्वाटिक च्याम्पियनशिपा महाराष्ट्रको लागि ७ वटा मेडल जितेका छन् । छोराको यो जितमा बुवा आर माधवनको खुशीको सिमा नै रहेको छैन । सामाजिक सञ्जालमा युजरहरु ममाधवनको छोराको तारिफ गरेर थाकेका छैनन् ।
बेदान्तले एक्वाटिक सेन्टरमा आयोजित स्विमिंग च्याम्पियनसिपा ४ सिल्भर तथा ३ ब्रोन्ज मेडल जितेका छन् । उनको यो जितलाई लिएर ट्वीटमा तारीफको लाइन नै लागेको छ । बेदान्तले ८ सय मिटर फ्रिस्टाइल, १५ सय मिटर फ्रिस्टाइल स्विमिंग तथा ४× २०० मिटर फ्रिस्टाइल स्विमिंग रीले इभेन्टमा सिल्भर मेडल जितेका हुन् । त्यस्तै सय मिटर, २ सय मिटर र ४ सय मिटर फ्रिस्टाइल स्विमिंग इभेन्टमा ब्रोन्ज अर्थात रजत पदक जितेका हुन् । उनलाई ट्वीटरमा बधाई दिदै एक आदर्श पिताको बच्चा शायद यस्तै हुन्छ भनेका छन् ।