काठमाडौं उपत्यकमा फेरि एक साता निषेधाज्ञा — OSNepal

काठमाडौं उपत्यकमा फेरि एक साता निषेधाज्ञा

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । कोरोना संक्रमणको संख्या नघटेको भन्दै काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिनै लाग्दा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने विषयमा भोली भचुर्अल माध्यबाट तिनै उपत्यकाका सीडीओ सहितको बैठक बस्ने जनाएका छन् । पछिल्लो समय संक्रमण नघटेका भन्दै कोभिड–१९ अध्यादेश नै जारी गरिएको छ ।

जारी गरिएको अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गरिने तथा त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।अध्यादेशलाई थप कडाइका साथ लैजाने पनि तयारी भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर