संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा — OSNepal

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । संवैधानिक कानुन व्यवसायी मञ्चले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ । मंगलबार मञ्चले एक विज्ञप्ती नै जारी प्रधानन्यायाधीशको राजीनामा माग गरेको हो ।

न्यायालय जस्तो पवित्र संस्था विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्याय प्रणालीमा नै असर पर्न गर्ई जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकालेन्यायपालिकालाई स्वतस्फूत रुपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै जवराको राजीनामा मञ्चले माग गरेको हो ।

मञ्चका अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ , न्यायालयको पवित्रताको विषयमा आशंका उब्जनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै न्यायालयको नेतृत्व विवादमा परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको गरेको छ ।

प्रधानन्यायाधीशले राजीनामा गरी सहज निकासको लागि पहल गरिदिन समेत मञ्चले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर