बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानो बेलका सम्बन्धमा अक्टोबर २६ याने आज कोर्टमा सुनवाई हुदैछ । केस लड्नका लागि शाहरुख खानले नयाँ वकीललाई हायर गरेका छन् । अब मुकुल रोहतगीले आर्यन खानको मेस लड्ने भएका छन् । उनी भारतको अटार्नी जनरल समेत भइसकेका हुन् । उनको साथमा सीनियर वकील अमित देसाई तथा सतीश मानेशिन्दे पनि कोर्टमा उपस्थित हुनेछन् ।
त्यस्तै दोस्रो पक्ष एनसीबी भने आर्यन खानको बेल याचिका खारेज गर्ने कोशिशमा रहनेछ । यसैक्रममा शाहरुख खानको घरमा एक प्रकारको सन्नाटा नै छाएको छ आज पनि । शाहरुख खान तथा गौरी सहित खान परिवार यो सोचि रहेको छ कि आर्यन खानलाई आज जमानत मिलेन भने के होला भनेर चिन्तित देखिएका छन् ।
तर आर्यन खानको केसमा नयाँ ट्वीस्ट आए संगै आज जमानत मिल्ने संकेत भने केही देखिएको छ । मुम्बई क्रुज पार्टीका विटनेस प्रभार सैलले केपी गोसावीले एनसीबीका जोनस डिरेक्टर समीर वानखंडेका तर्फ बाट २५ करोड डिमाण्ड गरेका थिए जुन पैसा पाएपछि आर्यन लाई छोडिदिने शर्त रहेको थियो । तर प्रभाकार सैलले लगाएको आरोप केपी गोसावीले अस्विकार गरेका छन् ।