काठमाडौँ ९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबिच छलफल भइरहेको छ । छलफलका क्रममा प्रधानन्यायाशीध जवराले सडकमा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले मार्ग प्रशस्त गर्न आग्रह गर्दा जवराले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ छलफलका क्रममा जवराले भने ।
जवराले न्यायाधीशहरुलाई आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको भन्दै सडकबाट माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।