फेरि संक्रमण फैलिएपछि तीन वर्षमाथिका बालबालिकालाई कोभिड खोप दिइने — OSNepal

फेरि संक्रमण फैलिएपछि तीन वर्षमाथिका बालबालिकालाई कोभिड खोप दिइने

LC (KTM) October 26, 2021 0

बेइजिङ, ९ कात्तिक-चीनमा तीन वर्षदेखि माथिका बालबालिकालाई पनि कोभिड खोप दिइने भएको छ । पछिल्ला दिनमा विभिन्न प्रान्तमा कोभिड महामारी फैलिएसँगै तीन वर्षसम्मका बालबालिकालाई खोप दिइने भएको हो ।

पाँच ओटा प्रान्तका सहर र प्रान्तीय सरकारहरुले सूचना जारी गर्दै तीनदेखि ११ वर्षका बालबालिकालाई खोप दिनुपर्ने जनाएका छन् ।चीनमा ७६ प्रतिशत जनसंख्याले पूर्णखोप लगाइसकेका छन् । चिनियाँ अधिकारीहरुले कोभिडप्रति चीनको शून्य सहनशीलता रहेको बताउँदै आएका छन् ।
विभिन्न स्थानमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले नयाँ कदम चालिरहेका बेला फेरि खोप अभियान तीब्र पारिएको छ ।

महामारी नियन्त्रण गर्न चीनले लकडाउन, क्वारेन्टाइन र अनिवार्य परीक्षणलाई तीब्रता दिँदै आएको छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिलेसम्म १ अर्ब ७ करोडले पूर्ण खोप लगाइसकेका छन् ।

पछिल्लो समयमा चीनले चाँडो फैलने डेल्टा भाईरस संक्रमणप्रति चासो देखाउदै आएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर