धापासीस्थित गोल्डेन नेपाल सप्लायर्समा छापा, सप्लार्यसका प्रमुख सबिन घिमिरे पक्राउ — OSNepal

धापासीस्थित गोल्डेन नेपाल सप्लायर्समा छापा, सप्लार्यसका प्रमुख सबिन घिमिरे पक्राउ

LC (KTM) October 26, 2021 0

काठमाडौँ ९ कात्तिक । धापासीस्थित एक कुरकुरे गोदाममा प्रहरीले छापा मारेको छ । विशेष सुचनाको आधारमा काठमाडौंको प्रशासनले छापा मारेको हो ।

म्‍याद गुज्रिएका सामानमा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत सामानमा नयाँ मिति राखेको भन्दै धापासीको गोल्डेन नेपाल सप्लायर्समा छापा मारेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिएको बताए अनुसार १४ लाख बराबरको सामान बरामद गरिएको छ । पक्राऊ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ वर्षीय सबिन घिमिरे रहेका छन् ।

उनीमाथि प्रशासनले तीन लाखअ जरिवाना तिराएको छ । साथै एक्त गोदाम सिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर