काठमाडौं ९ कात्तिक । आफ्नै श्रीमती र छोरीको शरीरको विभिन्न भागमा टेकेर हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय मृतका श्रीमान् कमल ९पूर्णचन्द्र० तामाङ रहेका छन् ।
मंगलबार बिहान आफैले झारफुक गर्ने क्रममा श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टेक्दा उनीहरुको ज्यान गएको प्रहीले जनाएको छ ।
घटनाको भएको थाहापाउना साथ अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरीले निजलाई पक्राउ गरेको हो । यस विषयमा निजउपर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।