सरकार विरोधी भट्टराइले मागे माफी, गएनन् सर्वोच्च — OSNepal

सरकार विरोधी भट्टराइले मागे माफी, गएनन् सर्वोच्च

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको सरकारको लागि सर्वोच्च उपस्थित हुन नसेको भन्दै माफी मागेका छन् । १४६ सांसदहरुको हस्ताक्षर सहित आज पाँच दल संसद विघटन विरुद्ध रिट दायर गर्न सर्वोच्च गएका थिए । तर नेता भट्टराई अफ्नो स्वास्थ्य अवस्थाका कारण सर्वोच्च अपस्थित हुन सकेन् । जसले गर्दा नेता भट्टराईले ट्वीटर मार्फत माफी मागेका हुन् ।

उनले ओली–विद्या प्रतिक्रान्ति विरुद्धको कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपिल समेत गरेका छन् ।यो वारपारको लडाँइमा खुट्टा नकपाउन समेत सबैलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपाको भट्टराई–यादव समूह र जनमोर्चाका सांसदले हस्ताक्षर गरेर सांसदहरु अदालत पुगेर रिट दायर गरेका हुन् ।
पाँच दलको नेतृत्वमा हस्ताक्षर संकलन गरी दायर गरिएको रिटमा भनिएको छ , संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गनुपर्ने , संसद अधिवेशनको मिति तोक्नुपर्ने ,संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ।

उनले लेखेका छन्, ‘स्वास्थ्य स्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै ओली–विद्या प्रतिक्रान्ति विरुद्धको कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु । यो वारपारको लडाइँ हो, खुट्टा नकपाऊँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर