काठमाडौं ८ कात्तिक । नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनको सोमबार बसेको आकस्मिक बैठकले प्रधानन्यायाशीध जवराको राजीनामा माग गरेको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायलयको सुधारको लागि प्रधानन्यायाशीध जवराले नै निकास दिनुपर्ने भन्दै जवराको नेतृत्वबाट कोही पनि शन्तुष्ट नभएकाले राजीनामा दिनुपर्ने बताएका छन् ।
निकास भनेको नै राजीनामा भएको बताएका अध्यक्ष श्रेष्ठले जबराको राजीनामा बैठकमा माग गरिएको जनाएका छन् ।
आजको बैठकको निणर्य मंगलबार सार्वजनिक गर्ने समेत उनेले जनाएका छन् । न्यायलयमा देखिएको विकृति अन्त्य गर्न नसेको जवराले राजीनामा दिनुपर्ने न्यायाशीधहरुको माग रहेको छ ।
पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा आफ्नो भागवण्डा माग गरेपछि विवादमा आएका जवराको अब राजीनामा माग गर्न सुरु भएको छ ।