काठमाडौं ८ कात्तिक निवार्चन आयोगले आगामी चैत ५ गते भित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी निवार्चन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निवार्चनको सरकारसँग सिफारिस मागेका हुन् ।
सम्पूर्ण स्थानीय तहका पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँन लागेको छ ।
कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएको भन्दै सोही अनुरुप सिफारिस भएको आयोगले जनाएको छ ।