बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको ड्रग्स केसमा नयाँ ट्वीस्ट थपिएको छ । किरण गोस्वामीका बडिगार्ड समेत रहेका प्रभाकर सैलले एक सपथपत्रमा कैयौ छक्क पार्ने खालका दाबी गरेका छन् । प्रभाकरले आजतक संगको कुराकानीका क्रममा गोसावीले आर्यन खानलाई छोड्नको लागि २५ करोड रुपैया मागेका थिए । सैलको सपथपत्रमा यो माग गोसावीले एनसीबी चीफ समीर वानखडेका तर्फबाट कुरा अघि बढाएका थिए ।
प्रभाकर यस क्रुज ड्रग्स केसमा एनसीबीको साक्षीको रुपमा रहेका छन् । यसैबीच किरण गोस्वामी त्यहि ब्यक्ति रहेका छन् जसले आर्यन खान संग सेल्फी लिएका थिए । सामाजिक सञ्जालमा यो सेल्फी लिएको तस्बीर एकदमै भाइरल भएको थियो । उक्त तस्बीरमा एनसीबीका अधिकारी किरण गोस्वामी हासिरहेको आर्यन खान भने एकदमै निराश रहेको देख्न सकिन्छ । अहिले प्रभाकरको नयाँ खुलासा संगै किरणले पनि आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले प्रभाकरलाई आफुले जानेको र उनले आफु संगै काम गरेको भए पनि उनले लगाएको आरोप आधारहिन रहेको प्रतिक्रिया दिएका छन् । अक्टोबर ११ देखी नै प्रभाकर आफ्नो टचमा नरहेको उनले दाबी गरेका छन् । साथै प्रभाकरले सपथपत्रमा एनसीबीका अफिसर समीर वान्खडे संग मिलेर २५ करोड मागेको बताईरहदा किरणले भने आफुले समीर को हो नचिनेको दाबी गरेका छन् ।
त्यस्तै किरणले आर्यन खानका बिषयमा पनि नयाँ कुरा खोलेका छन् । आर्यन खानले आफुलाई उनको म्यानेजर संग कुरा गर्न भनेको किनकि त्यतिबेला आर्यन संग मोबाईल नभएको उनले बताएका छन् । उनले आफु संग म्यानेजर नत्र उनको पिता तथा मात शाहरुख तथा गौरी संग कुरा गर्न अनुरोध गरेको स्विकार गरेका छन् ।