काठमाडौं ८ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले यस्तो बताएका हुन् ।
‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो,हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ’कार्यक्रममा उनले भने । केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको भएपनि सबैसँग छलफल गरेर एउटै उम्मेदवारको टुंगो लगाउने समेत उनले कार्यक्रममा बताएका छन् ।
आगामी चुनावमा आफ्नो पार्टी एक्लै लडेर जानुपर्ने कार्यकर्ताको जनभावना रहेको समेत उनले बताएका छन् ।